Wednesday, April 14, 2010

बाँच्न पाउनु मानवको पहिलो अधिकार

यसै महिना विश्व मानवअधिकार दिवस मनाइँदैछ । नेपालमा पनि त्यसदिन नारा, भाषण, जुलुस र व्यक्तव्यबाजी हुनेछ । यो पुरानो परम्परा पनि हो । तर, मानवअधिकार त्यही हो ? नेपाली नागरिकले सही अर्थमा मानवअधिकारको उपभोग गर्न पाएका छन् ? औषत दिनमा १७ जनाको दरमा नागरिक मारिएका छन् । बालकदेखि वृद्धसम्म हिंसाको शिकार भइरहेका छन् । देशको यो स्थितिको अन्यका लागि मानवअधिकार दिवसमा नारा, जुलुस, भाषण र व्यक्तव्यबाजी गर्नेहरुले कहिल्यै सोचेका छन् ।

मानवअधिकार दिवस मनाउनु भनेको एउटा सामान्य औपचारिकता मात्र होइन । वर्षभरिमा के कस्ता मानवअधिकार विरुद्ध कार्य भए । हामी मानव अधिकारप्रति कति सचेत भएछौं । मानवअधिकारसम्बन्धी ऐन/कानुन र सन्धीहरुको कार्यान्वयनमा के कस्ता कमजोरीहरु रहे । अब त्यसलाई कसरी रोक्ने वा कम गर्ने भन्ने समीक्षा दिवस हुनुपर्ने हो । तर, नेपालमा त्यस्तो कहिले पनि हुन सकेन । देशमा माओवादी द्वन्द्व सुरु भएपछि झण्डै दश हजारको ज्यान गइसकेको छ । अंगभंगहरुको संख्या पनि बढ्दो छ । त्यसले परिवार, गाउँ, छरछिमेकलाई विक्षिप्त बनाएकै छ । कपी र कलम खेलाउनुपर्ने भविष्यका कर्णधारहरु भिडन्त र वारुदी सुरुङमा परिरहेका छन् । कतिलाई राज्य पक्ष वा विद्रोही पक्षले बेपत्ता पारेका छन् । यो सबको असर बालबालिकामा नै परेको छ । हामीले भन्दै आएको भोलिका कर्णधारहरुलाई बम र बारुदको धुँवामा हुर्काएर भोलि उनीहरुबाट के आशा गर्न सकिन्छ ? के उनीहरुले स्वतन्त्रता र शान्तिपूर्ण वातावरणमा लेख्न, पढ्न र बाँच्न पाउनु बालअधिकार होइन ? यही मङिसर ४ गते मनाइने अन्तर्राष्ट्रिय बाल दिवस किन मनाउने ? यही औपचारिकताका लागि ? त्यसो हो भने दिवसकै लागि दिवस मनाउनुको के अर्थ ? बरु मानवअधिकार र बालअधिकारबाट अधिकार हटाएर दिवस मात्र मनाए हुन्छ ।
द्वन्द्व जहाँ पनि हुन्छ । इतिहासमा धेरै पटक धेरै स्थानमा हिंसा वा द्वन्द्वको जन्म भएको छ । समाजको विकास र विस्तार पनि द्वन्द्वमय तरिकाले अघि बढेको इतिहास पाइन्छ । मानव जातिको इतिहास झण्डै ३२ लाख बर्ष पुरानो छ । यतिञ्जेल मानिसहरूले आफू जीवहरूमा सर्वश्रेष्ठ रहेको कुरा प्रमाणित गर्‍यो । असम्भव ठानेका कैयन कुराहरूमाथि विज्ञान र प्रविधिको माध्यमबाट मानिसहरूले सही सावित गरे । मानिसहरूभित्र सर्वाेच्च किसिमको विवेक, स्नेह, कला र बुद्धि विद्यमान रहेको छ । तर मानिसहरूभित्र जति असल कुराहरू छन्, त्यत्तिकै मात्रामा खराब कुराहरू पनि छन् । उनीहरू जति शान्तिपि्रय छन्, उत्तिकै हिंस्रक पनि छन् । मानव इतिहासको विगत ५,६०० बर्षको इतिहासमा मानिसहरूले १४,५०० वटा युद्धहरू लडिसकेका छन् । ९ःयलतबनब, ब्, त्जभ ल्बतगचभ या ज्umबल ब्ननचभककष्यल-ज्ञढडढ । यस्तै खाले एउटा अर्काे अध्ययन अनुसार संसारमा युद्ध र युद्धका कारणहरू घट्नुको बदला निरन्तर बढिरहेको छ । मानव जगतको विगत ३,४०० बर्षको इतिहासमा २८६ बर्षहरू मात्रै शान्तिपूर्ण रहे भने अन्य समय जहिलेपनि युद्ध र हिंसामा व्यतित् रहे ९द्यगचपभ,अ, ब्ननचभककष्यल ष्ल ःबल०,ज्ञढडढ । विगतमा भएका प्रथम र द्वितीय विश्वयुद्धको दौरानमा मात्रै करोडौं निर्दाेष नागरिकहरूको ज्यान गए । संसारमा दोश्रो विश्वयुद्धको अन्त्य पश्चात मात्रै झण्डै १७० वटा युद्धहरू भए । एउटा अध्ययन अनुसार सन् १९९४ को बर्षमा मात्रै संसारमा ३१ वटा युद्धहरू भए ।
संसारमा युद्धको रोकथाम र निराकरणको निम्ति जतिसुकै प्रयास भएतापनि सशस्त्र सङ्घर्षका गतिविधिहरू निरन्तर बढिरहेकै देखिन्छ । संसारमा मानवजातिको विकास निरन्तर अग्रगतितिर छ, तर मानिसले जतिसुकै सफलता हासिल गरेतापनि युद्धको मूल श्रोतको रूपमा रहेको लोभ, लालसा, शक्ति र स्वार्थमाथि मानिसले आजसम्म पनि विजय पाउन सकेको छैन ।
यो एउटा पक्ष हो । तर, यो एककाइसौं शतब्दी हो । समाजमा हिंसा जन्मन्छ र द्वन्द्व बढ्छ भनेर नै विश्वव्यापी मानवअधिकारको अवधारणा र मानवीय ऐन/कानुन बनेका छन् । त्यो विश्वका जहाँसुकैका नागरिकले उपभोग गर्न पाउने ग्यारेन्टी विश्वव्यापी मानवअधिकार घोषणापत्रले दिएको छ । त्यसबाट हामी पनि अछुतो छैनौं । नेपालले पनि मानवअधिकारसँग सम्बन्धित सबै सन्धी/सम्झौता अनुमोदन गरेको छ । अनुमोदन गर्नुको अर्थ त्यसलाई देशको ऐन/कानुनभन्दा माथि राख्नु हो । तर, के नेपालमा त्यस्तो भएको छ ?
बेलाबखत सरकार र विद्रोही पक्ष दुवै जेनेभा सन्धीको कुरा पनि गर्न पछि हट्दैनन् । जुन सन्धीअनुसार गैससैनिक नागरिकलाई हिंसा वा द्वन्द्वको शिकार बनाउन पाइँदैन । तर, सरकार वा माओवादी विद्रोही दुवैले हिंसाको शिकार गैरसैनिक नागरिक र बालबालिकालाई नै बनाइरहेका छन् । अहिले कतै विद्यालयमा सैनिक क्याम्प छ त कतै माओवादीको तालिम केन्द्र । बिना कसुर नागरिकहरु दुधेबालक च्यापेर आफ्नै देशमा शरणार्थी बन्न विवश छन् । कतिलाई बेपत्ता बनाइएको छ । तिनका परिवारले न सास पाएका छन् न त मर्‍यो भन्नलाई लाश नै पाएका छन् । अझ यसैलाई बढवा दिन सरकार नागरिक सैन्यकरणतिर अग्रसर भएको देखिन्छ । के यही हो मानवअधिार ? यसैबाट मानवअधिकारको संरक्षण र सम्वर्द्धन हुन्छ ?
त्यसै हिंसा वा द्वन्द्व जुनसकै समाजमा पनि बढ्न सक्छ भन्ने एतिहासिक तथ्यलाई ध्यानमा राखेर त्यसलाई जन्मनै नदिने वा जन्मिहाले पनि त्यसको शान्तिपूर्ण तरिकाले व्यवस्थापन गर्नेतिर लाग्नुपर्ने हुन्छ । हामीले यो विगत आठ वर्षमा धेरै आँशुका खहरेहरु बगाइसक्यौ । धेरै चुरा फुटाइसक्यौ । धेरैलाई विधवा बनाइसक्यौं, धेरै आमाको काख रित्तो बनाइसक्यौ । र, धेरै बालबालिकालाई टुहुरो बनाइसक्यौ । तसर्थ अब रगतको खहरे रोकिनुपर्छ । बन्दुकहरुलाई विवेकको नियन्त्रणमा राख्नुपर्छ । र, त्यसका लागि इमान्दार, जिम्मेवार र समझदार भएर हरप्रकारका द्वन्द्वलाई शान्तिपूर्ण रुपमा व्यवस्थापन गर्न सक्नुपर्छ । आजको आवश्यकता त्यही हो । अन्यथा द्वन्द्वले द्वन्द्वलाई नै बढाउछ । त्यसबाट देश र जनतालाई बचाउने र बच्ने हो भने शान्ति प्रक्रिया तत्काल थालनी गर्नु जरुरी छ । त्यस अर्थमा मात्र विश्व मानवअधिकार र अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाउनुको अर्थ रहने छ । ती दिवसहरु सार्थक हुनेछन् । त्यसैले यसतर्फ सबैले मन, बचन, कर्म लगाउनु आजको पहिलो आवश्यकता हो ।
उजागर मासिक
वर्ष ४, अङ्क ८, मङ्िसर-२०६०

No comments:

Post a Comment