एउटा लोकोक्ति छ, ब्रम्हाले सृष्टिका क्रममा मान्छेसम्म सिर्जना गरेपछि उनमा यो भन्दा पनि राम्रो र उत्कृष्ट अर्को प्राणी सृष्टि गर्ने मुड चलेछ र मेहनतका साथ बनाएछन् पनि । यसरी मान्छेभन्दा पनि राम्रो बनाउने क्रममा ऊट बनेछ ।
ठीक यही उक्ति अहिले नेपालको राजनीतिक परिदृष्यमा स्पष्टसाथ देखिदैछ । र, सबै ऊट बनाउने धुनमा गाूजा खाएको पशुपतिको जोगी सरह बनेका छन् । कसैले यसलाई 'स्वच्छ छवि'को नाम दिएका छन्, कसैले 'प्रतिगमन सच्च्याउने' कसैले 'आफ्नो प्रतिस्थापन' का रुपमा यसैको खोजी भएको देखिन्छ ।
सबैको करबलले थापा सरकारले राजीनामा दियो । यो राम्रै भयो । उनले प्रयोगमा ल्याएको 'खेताला' शब्दबाट उनी आफू पनि विभूषित भए । आफ्नै पार्टी नेता लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री रहेको बेला उनले 'राजाको खेतालो' सरकार रहेसम्म देशअघि नबढ्ने उद्घोष गरेका थिए । चन्दले राजीनामा दिए । चन्दलेे राजीनामा दिनबित्तिकै थापा अर्को 'खातालो' का लागि दरबारमा विन्तीपत्र दाखिला गर्न दौडिहालेका थिए । उनको हविगत पनि के भयो ११ महिनामै देखियो ।
हुन त नेपाल भन्ने देश पशुपतिनाथको कृपा र जोतिषहरुको सल्लाहमा चलेको देश हो भन्नेहरु पनि छन् । यसो सोच्दा त्यो पनि गलत होजस्तो देखिदैन । 'ईश्वरीय शक्ति प्राप्त' राजाले पनि अन्त्यमा भन्ने शब्द 'पशुपतिनाथले हामी सबैको कल्याण गरुन्' नै हो । त्यसैले यसमा विवाद नगरेकै राम्रो । हाम्रा ज्योतिषहरु राजालाई पत्रिकामार्फत बेलाबेला सल्लाह दिने गर्छन् । त्यसैले देउवालाई पार्टीको नामको पुछारमा 'तान्त्रिक' शब्द राख्ने सल्लाह पनि ज्योतिष वा कुनै तान्त्रिकले नै दिएको हुनुपर्दछ ।
त्यसो त गिरिजाप्रसाद कोइराला, माधव नेपाल, खुमबहादुर खड्कालगायतका नेताहरु पनि भक्तपुरतिरको एउटा खड्का थरको तान्त्रिककोमा कुवै धाउछन् । उनीहरुको आन्दोलन पनि कुनै तान्त्रिककै सल्लाहअनुसार चलेझैं देखिन्छ । राजाले खेलातो फर्दा दलहरुको बोली र आन्दोलनमा आउने नरम र गरमपनाको कारण यही हुनुपर्दछ ।
यी त भए पशुपतिनाथले देश चलाएको सन्दर्भका केही प्रसंगहरु । तर, हामी सामान्य जनताले बुझेको चाहीू यो हो कि हामी कुनै दैवीशक्तिमाथि विश्वास गर्दैनौं, त्यो पनि देश विकास गर्ने, राजनीति गर्ने र जनहितका काम गर्ने सन्दर्भमा । किनभने, दैवीशक्तिको विश्वास मान्छेले त्यतिबेला गर्छ, जतिबेला ऊ निरीह हुन्छ । आफ्नै बुलबुतामा केही पनि गर्न सक्दैन । त्यो समयमा ऊ अदृष्य र अमूर्त शक्तिलाई पुकार्छ । सत्य यही हो । त्यस अर्थमा भन्ने हो भने अहिले सबै अतिहरु टेक्ने न समाउने अवस्थामा पुगेको मान्नुपर्ने हुन्छ । त्यसैले जिउूदोजाग्दो जनताप्रति कसैको विश्वास छैन ।
अहिलेको समस्या माथि उल्लेख भएजस्तै हो । सबैले मान्छेभन्दा राम्रो प्राणीको खोजी गर्दा उत्पन्न समस्या हो । यहाँ अहिले सबै मान्छेभन्दा राम्रो जिव बनाउन खोज्दाखोज्दै आफै ऊट बनिरहेका छन् । र, प्रजातन्त्र पनि ऊटमा परिणत भएको छ । त्यो पनि देख्न, भोग्न, छुन र महशुस गर्न नसकिने ऊट । यसलाई 'महाऊट' बनाउन 'खेतालाहरु' फेरिने क्रम जारी छ । र, आफैले सिर्जना गरेको समस्या अर्थात आफैले खनेको खाल्डोमा आफै पर्दैछन् ।
वस्तुगत रुपमा भन्ने हो भने नेपालको अहिलेको राजनीतिक अवस्था त्रिशक्ति सन्तुलनको हो । त्यसैले समस्याको हल पनि त्रिवेणीमै खोज्नुपर्छ । वर्गीय रुपमा भन्ने हो भने देशमा रहेको सामान्यताः तीन वर्गबीचको द्वन्द्व पनि हो । एउटा वर्ग संभ्रान्त वर्ग दरबार बन्दुक र दलबलसहित छ भने त्यसको ठिक विपरीत संभ्रान्त वर्गविरुद्ध बन्दुक बोकेर विद्रोहमा उत्रिएको छ । यो बीचमा रहेको मध्यम वर्ग हो । यो अति नै अवसरवादी वर्ग पनि हो । यो शक्ति भनेको माथिल्लो शक्ति जुन बलियो देखिन्छ त्यतै लाग्छ र अवसर लुट्छ । यसको कुनै विश्वास हुूदैन । यस आधारमा भन्ने हो भने दुई बन्दुकमध्ये कुनै एउटा शक्तिमा आउने बित्तिकै यो शक्तिमा पहिरो जान थाल्छ । विगत वर्षहरुमा देखिएको पनि त्यही हो । दल बदल, सुरासुन्दरी, प्राडा-पजेरो, किनबेचजस्ता निच काम यही वर्गमा भएको थियो ।
आफैलाई पुर्ने खाल्डो पनि यही वर्गले खनेको हो । २०४६ सालको जनआन्दोलन सफल भएपछि गठित मल्लिक आयोगले तयार पारेको ३ सयभन्दा बढी पृष्ठको प्रतिवेदनले देशको विद्यमान कानुनले छुट दिए फासी दिएपनि हुनेसम्मका अपराधी करार दिएकाहरुलाई पुरस्कार बाँड्ने र आफ्नो अवसरवादिता पुरा गर्न तिनैलाई काँधमा बोकेर हिड्ने अहिलेका 'आन्दोलनकारी' हरु नै होइनन् र ?
जहाूसम्म अहिलेको समस्या छ, यसलाई समाधान तीन घण्टामा गर्न सकिन्छ । तर, त्यसका लागि क्सले कतिसम्म त्याग गर्न सक्छ भन्ने मात्रै मुख्य विषय हो । अहिलेको 'स्वच्छछवि' 'प्रतिगमन सच्च्याउने' र 'पुनःस्थापना' 'खेतालो' बदल्ने कुरालाई थाती राखेर निर्वाचन प्रयोजनका लागि निर्वाचन नलड्नेहरु सम्मिलित सरकार बनाउने वा सर्वपक्षीय तथा अधिकार सम्पन्न अन्तरिम सरकार बनाएर चुनाव र माओवादीसँग वार्ता गर्ने हो भने समस्या त्यति ठुलो देखिदैन । तर, यसका लागि कोही पनि तयार छैन । त्यसैले ऊट बनाउने र बन्ने क्रममा देशलाई नै ऊटमा परिवर्तन गर्लान् भन्ने चिन्ता सर्वसाधारणमा बढ्दो छ ।
दिनेश
उजागर मासिक
वर्ष ४, अङ्क ४, साउन-२०६०
No comments:
Post a Comment